back

मागअनुसार तरकारी आयात भए पनि बजारमा तरकारीको मूल्य दोब्बर

काठमाडौँ। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्ने हो भने दैनिक ७ देखि साढे ७ सय टन तरकारी भित्रिन्छ। बजार हेरेर तरकारीको मूल्य बढ्दैन किनभने मागअनुसार नै तरकारी आयात भइरहेको छ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत माग बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले पूर्ति गर्छन् ।

बजारमा भने हरियो तरकारीको मूल्य दोब्बर भैसकेको छ । अहिलेको ‘आयात परिमाण हेर्दा १/२ दिनबाहेकको अवस्था सामान्य छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, बजारमा मूल्य बढी नै देखिन्छ ।

बर्खा लागेपछि हरियो तरकारीको मूल्य बढ्छ र स्वभाविक पनि मानिन्छ । बर्खा लागेपछि पानीका कारण तरकारी कुहिने, बिग्रने हुँदा औसतमा किलोमा दुई/चार रुपैयाँ बढ्नु स्वाभाविक हो ।

तर दोबर नै बढ्नु भने गलत भएको व्यवसायी आफै बताउँछन् ।अहिले बजारमा सिजन सकिएका तरकारीको मूल्य बढ्नु स्वाभाविक भए पनि सबै तरकारीको वृद्धि हुने अस्वाभाविक हो ।

होलसेलमा पनि दोब्बर भन्दा बढी पुगेको छ,’ विभिन्न तरकारी बजारका व्यापारी भन्छन् । , ‘दोब्बर मूल्य परेपछि खुद्रामा पनि बाध्य भएर बढाएका छौं ।

खुद्रामा अनियन्त्रित सटर भाडाले मूल्य बढाउन बाध्य हुन्छौं ।’ उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी आयात गरिन्छ ।

भारतबाट पनि तरकारी भित्रिन्छ ।

१ महिनामा बन्दा, काउली, बोडी, मुला, गाँजर, मटरकोसा, घिउसिमी, तितेकरेला, हरियो खुर्सानी, हरियो धनियाँ, गोलभेंडालगायत तरकारीको मूल्य अस्वाभाविक बढेको छ । समितिको विवरणअनुसार जेठमा औसत मूल्य प्रतिकिलो ५८.५० रुपैयाँ पर्ने मुला असारमा ९८.५२ रुपैयाँ पुगेको छ ।

जेठमा प्रतिकिलो २७ रुपैयाँ परेको बन्दा असारमा ५४.६६ रुपैयाँ पुगेको छ । स्थानीय काउली प्रतिकिलो ४२ रुपैयाँमा बिक्री भएकोमा अहिले ७०.६८ रुपैयाँ पर्छ ।

जेठमा प्रतिकिलो बोडी ७४.४७ रुपैयाँ रहेकोमा असारमा ९६.३७ रुपैयाँ पुगेको छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा आइपुग्दा मूल्य झन्डै दोब्बर नै पुग्छ । खुद्रामा पसलैपिच्छे फरक मूल्य हुन्छ ।

बजार अनुगमन तथा नियमनको दायित्व स्थानीय निकायको हो । मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो ।

तर पछिल्लो समय उजुरीका आधारमा मात्रै विभागले अनुगमन गरिरहेको छ । यसले पनि मूल्य बढाउन चाहनेलाई मौका मिलेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

‘मनसुन सक्रिय भएकाले बाटोमा पनि केही समस्या उत्पन्न भइरहेकै छ । तरकारी छिट्टै सड्ने हुँदा माग र आपूर्ति नमिलेर पनि मूल्य वृद्धि हुन सक्छ’।

‘अनुगमन नियमित भएकै छ । तरकारी मूल्यका हकमा बोल्नुपर्ने निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय हो । यद्यपि कालीमाटी तरकारी बजारसँग समन्वय गरेर अनुगमन गर्छौं ।’

जेठमा प्रतिकिलो ७४.४७ मूल्य रहेको मकै बोडी असारमा ९६.३७ रुपैयाँ, प्रतिकिलो ५८.५० रहेको गाजर ९८.५२ रुपैयाँ, १ सय २१ रहेको मटरकोसा १ सय ४५ रुपैयाँ, प्रतिकिलो ४७ रहेर्को घिउसिमी ८६ रुपैयाँ परेको समितिको विवरण छ ।

प्रतिकिलो ३२ रहेको तितेकरेला ५९ रुपैयाँ, ४१ रुपैयाँ रहेको लौका ५८ रुपैयाँ, ४२ रहेको घिरौंला ६१ रुपैयाँ, ५१ रहेको भेडेखुर्सानी १ सय ७ रुपैयाँ र ६९.५० रहेको हरियो धनियाँ १ सय ३२ रुपैयाँ पुगेको समितिले जनाएको छ ।

विगतको तुलनामा किसानले पाउने मूल्य भने बढेको समितिका सूचना अधिकारी श्रेष्ठको दाबी छ । ‘बर्खाको समयमा मूल्य सामान्यतः बढी हुन्छ नै, यससँगै किसानले पनि मूल्य पाएका छन्,’ उनले भने, ‘तर बजारभाउ पनि बढेकै छ ।’

२०७८ असार ३० गते प्रकाशित

 


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

३० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक तरकारी खेती, बाख्रा र कुखुरापालन

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:२७

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको छतिउने स्थिति सुकाजोर खोलाको जग्गा...

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता

वि.सं.२०८२ वैशाख १३ शनिवार १२:५५

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको...

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

बनेपामा सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२४

बनेपा । बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको...