back

जर्मनी सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध भोलीदेखि हट्ने

काठमाडौँ । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध भोलीदेखि हट्ने भएको छ ।

दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ । खोप नलगाएका व्यक्तिले पनि क्वारिन्टीनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ ।

बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो । सुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिमयुक्त प्रजातीका रूपमा वर्गीकरण गरेको छ ।

महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दाहरूमाथि प्रतिबन्ध लागु गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।

यी पाँच राष्ट्रहरूलाई अब सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

२०७८ असार २२ गते प्रकाशित


६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

पोखराको पर्यटन : कोटिहोमका कारण होटल र होमस्टे भरिभराउ ,‘पोखरा भ्रमण वर्ष २०२५’का लागि ऐतिहासिक अवसर

पोखराको पर्यटन : कोटिहोमका कारण होटल र होमस्टे भरिभराउ ,‘पोखरा भ्रमण वर्ष २०२५’का लागि ऐतिहासिक अवसर

वि.सं.२०८२ जेठ १६ शुक्रवार १०:२८

काठमाडौं । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने

सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्य र पर्यटन...