back

भोली देखि किराना पसल दिनभर खुल्ने, सार्वजनीक सवारी साधन पनि चल्ने

काठमाडौँ । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप खुकुलो भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सोही निर्णय गरेको हो । आजको निर्णय अनुसार उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने भएका छन् ।

त्यस्तै खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुल्ने छन् ।

यसरी नै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।

इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुनेछन् । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने अझै सञ्चालनमा आउने छैनन् ।

खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

निजी सवारी साधन पनि जोर विजोर प्रणालीमा २५ सिटमाथिका सार्वजनिक सवारी सञ्चालन हुने छन् ।

२०७८ असार १४ गते प्रकाशित


डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

वि.सं.२०८१ चैत १७ आइतवार १४:३१

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

राष्ट्रबैंकको गभर्नर पनि बिचौलियाले फुत्काउने खेल सुरु

राष्ट्रबैंकको गभर्नर पनि बिचौलियाले फुत्काउने खेल सुरु

वि.सं.२०८१ चैत १६ शनिवार १८:५७

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा...