back

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.समिर

nactional life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी केही समयका लागि डा. समीर अधिकारीले समाल्ने भएका छन्। डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको रूपमा सरूवा भएसँगै मन्त्रालयका सह–प्रवक्ता अधिकारीले केही समयका लागि प्रवक्ताको भुमिका निर्वाह गर्ने भएका हुन् । प्रवक्ता को हुने भन्ने विषयमा चर्चा चलिरहेको छ।

मन्त्रालयका उपसचिव दामोदर रेग्मीले अर्को व्यवस्था नभएसम्म प्रवक्ताको जिम्मेवारी डा. अधिकारीलाई दिइएको बताए । रेग्मीले भने, ‘प्रवक्तामा को ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।’ ११ औं तहमा रहेका डाक्टरलाई प्रवक्ता रूपमा ल्याउन छलफल भइरहेको छ। प्रवक्ताको पद खाली भएको अवस्थामा सहप्रवक्ताको हिसाबले जिम्मेवारी समाल्ने बताए।

‘औपचारिक रूपमा जिम्मेवारी दिइएको छैन। अर्को व्यक्ति नियुक्त नभएसम्म सहप्रवक्ताकै हिसाबले काम गर्नेछु,’ डा. अधिकारीले भने। उता प्राडा.जागेश्वर गौतमले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा आफ्नो कार्यभार सम्हालेका छन् । आज दिउँसो वीर अस्पताल पुगेर उनले पदभार सम्हालेका हुन् ।

पदबहाली गर्दै उनले यसअघि आर्जेको सिप, ज्ञान र अनुभवलाई विश्लेषण गर्दै कोभिड अस्पतालहरुको सुधारका लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए। यसका लागि योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनले बताए । ‘म यस अस्पतालमा मेरोे रुचीले मात्रै आएको होइन, अहिले वीरलाई कोभिड – १९ को कमाण्डको रुपमा चलाउँदा यसले सक्छ कि सक्दैन भन्ने चुनौतीका साथ सरकारले पठाएको छ ।’

‘अब यस अस्पतालले देशभरको कोभिडको उपचार गर्ने सम्पूर्ण अस्पतालको कमाण्ड गर्ने भएकाले संक्रमण नियन्त्रणमा अहिलेसम्म कहाँ–कहाँ ग्याप भएको छ, त्यो हेरेर अगाडि बढ्नुपर्ने छ । जनतालाई सहज उपचार दिनपर्नेछ ।यसका लागि मलाई अस्पतालको सबै कर्मचारीको सहयोग आवश्यक छ ।’

२०७८ जेठ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...