back

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.समिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी केही समयका लागि डा. समीर अधिकारीले समाल्ने भएका छन्। डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीको रूपमा सरूवा भएसँगै मन्त्रालयका सह–प्रवक्ता अधिकारीले केही समयका लागि प्रवक्ताको भुमिका निर्वाह गर्ने भएका हुन् । प्रवक्ता को हुने भन्ने विषयमा चर्चा चलिरहेको छ।

मन्त्रालयका उपसचिव दामोदर रेग्मीले अर्को व्यवस्था नभएसम्म प्रवक्ताको जिम्मेवारी डा. अधिकारीलाई दिइएको बताए । रेग्मीले भने, ‘प्रवक्तामा को ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।’ ११ औं तहमा रहेका डाक्टरलाई प्रवक्ता रूपमा ल्याउन छलफल भइरहेको छ। प्रवक्ताको पद खाली भएको अवस्थामा सहप्रवक्ताको हिसाबले जिम्मेवारी समाल्ने बताए।

‘औपचारिक रूपमा जिम्मेवारी दिइएको छैन। अर्को व्यक्ति नियुक्त नभएसम्म सहप्रवक्ताकै हिसाबले काम गर्नेछु,’ डा. अधिकारीले भने। उता प्राडा.जागेश्वर गौतमले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा आफ्नो कार्यभार सम्हालेका छन् । आज दिउँसो वीर अस्पताल पुगेर उनले पदभार सम्हालेका हुन् ।

पदबहाली गर्दै उनले यसअघि आर्जेको सिप, ज्ञान र अनुभवलाई विश्लेषण गर्दै कोभिड अस्पतालहरुको सुधारका लागि आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए। यसका लागि योजना बनाएर कार्यान्वयन गर्दै लैजाने उनले बताए । ‘म यस अस्पतालमा मेरोे रुचीले मात्रै आएको होइन, अहिले वीरलाई कोभिड – १९ को कमाण्डको रुपमा चलाउँदा यसले सक्छ कि सक्दैन भन्ने चुनौतीका साथ सरकारले पठाएको छ ।’

‘अब यस अस्पतालले देशभरको कोभिडको उपचार गर्ने सम्पूर्ण अस्पतालको कमाण्ड गर्ने भएकाले संक्रमण नियन्त्रणमा अहिलेसम्म कहाँ–कहाँ ग्याप भएको छ, त्यो हेरेर अगाडि बढ्नुपर्ने छ । जनतालाई सहज उपचार दिनपर्नेछ ।यसका लागि मलाई अस्पतालको सबै कर्मचारीको सहयोग आवश्यक छ ।’

२०७८ जेठ ११ गते प्रकाशित


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...