संविधान संशोधनका लागि ओली र ठाकुर–महतोबीच कार्यदल बनाउने सहमति

वि.सं.२०७८ जेठ ७ शुक्रवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षले संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।
उनीहरुबीच संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति नै भएको हो ।
जसपा नेता सुरेन्द्र झाले कार्यदलको नाम बारेमा अझै यकिन नगरेको र नाम जे राखेपनि संविधान संशोधनकै लागि कार्यदलको घोषणा आज हुने बताए । झाका अनुसार उनीहरुबीच भएका सबै प्रकारको सहमति आज सार्वजनिक हुने गरिने छ ।
ठाकुर–महतो पक्षले सरकारमा जाने निर्णय यसअघि नै गरिसकेको छ । यद्यपी अब ठाकुर–महतोले उठाउँदै आएका माग ओलीले सम्बोधन गर्ने छन् । आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ।
२०७८ जेठ ७ गते प्रकाशित

प्रकाशित समय : ०४:१० बजे