back

भारतमा कोभिड विरुद्धको औषधिका लागि ‘टू–डीजी’ पायो अल्पकालि अनुमति

nactional life

नयाँदिल्ली । कोरोना भाइरस संक्रमितको उपचारको लागि भारतमा कोभिड विरुद्धको नयाँ औषधिले प्रयोगको लागि अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएको हो ।

सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनलगायतले कोरोना भाइरसविरुद्धको औषधि ‘टू–डीजी’ सार्वजनिक गरेका हुन् ।

औषधि डिफेन्स रिसर्च डिभलपमन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिजसँगको सहकार्यमा विकास गरेको हो । डाक्टर रेड्डिज प्रयोगशाला हैदराबादस्थित औषधि उत्पादक कम्पनी हो ।

यो औषधि धूलोका रूपमा प्याकेटमा आएको छ भने यसलाई पानीमा घोलेर खान मिल्ने छ । शरीरका कोषसम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको छ । कम्पनीका अनुसार औषधि आवश्यकताअनुसार जुनसुकै परिमाणमा उत्पादन गर्न सकिन्छ । भारत सरकारले उक्त औषधि ‘कोरोना संक्रमित बिरामीका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख गरेको छ ।

‘क्लिनिकल परीक्षणका नतिजाअनुसार यो मलिक्युलले अस्पताल भर्ना भएका बिरामी छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई एड्जंक्ट थेरापी (सहायक उपचारविधि) का रूपमा प्रयोग गरिने उल्लेख छ ।

डीआरडीओका अध्यक्ष डा. जी सतीश रेड्डीले भारतका ३० वटा अस्पताल र ठूलो संख्याका बिरामीमा परीक्षण गरेपछि औषधि सार्वजनिक गरिएको बताएका छन् । सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...