back

भारतमा कोभिड विरुद्धको औषधिका लागि ‘टू–डीजी’ पायो अल्पकालि अनुमति

नयाँदिल्ली । कोरोना भाइरस संक्रमितको उपचारको लागि भारतमा कोभिड विरुद्धको नयाँ औषधिले प्रयोगको लागि अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएको हो ।

सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनलगायतले कोरोना भाइरसविरुद्धको औषधि ‘टू–डीजी’ सार्वजनिक गरेका हुन् ।

औषधि डिफेन्स रिसर्च डिभलपमन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिजसँगको सहकार्यमा विकास गरेको हो । डाक्टर रेड्डिज प्रयोगशाला हैदराबादस्थित औषधि उत्पादक कम्पनी हो ।

यो औषधि धूलोका रूपमा प्याकेटमा आएको छ भने यसलाई पानीमा घोलेर खान मिल्ने छ । शरीरका कोषसम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको छ । कम्पनीका अनुसार औषधि आवश्यकताअनुसार जुनसुकै परिमाणमा उत्पादन गर्न सकिन्छ । भारत सरकारले उक्त औषधि ‘कोरोना संक्रमित बिरामीका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख गरेको छ ।

‘क्लिनिकल परीक्षणका नतिजाअनुसार यो मलिक्युलले अस्पताल भर्ना भएका बिरामी छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई एड्जंक्ट थेरापी (सहायक उपचारविधि) का रूपमा प्रयोग गरिने उल्लेख छ ।

डीआरडीओका अध्यक्ष डा. जी सतीश रेड्डीले भारतका ३० वटा अस्पताल र ठूलो संख्याका बिरामीमा परीक्षण गरेपछि औषधि सार्वजनिक गरिएको बताएका छन् । सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।


कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रुपान्तरण हुनेछ : थपलिया

वि.सं.२०८१ माघ १३ आइतवार ११:०६

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना...

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

अब हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने 

वि.सं.२०८१ माघ १० बिहीवार १३:४८

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क...