back

‘पशुपतिमा दाउरा कमी नहोस्’ : वन मन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए ।

उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए ।

पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए ।

उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।” रासस

२०७८ जेठ २ गते प्रकाशित ।


६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...