back

एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने : वार्षिक साढे ८ प्रतिशत प्रतिफल पक्का

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आजदेखि रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ ।

कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८.५–२०८७र८८’  नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ ।

यस ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । 

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

२०७८ जेठ २ गते प्रकाशित ।


दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

वि.सं.२०८२ असार १७ मंगलवार १२:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ असार ५ बिहीवार २०:३२

काठमाडाैं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...