back

बीमा समिति ५३औं वर्षमा प्रवेश: बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न महत्वपूर्ण भूमिका रहने

काठमाडौं । नेपालको बीमा नियमनकारी निकाय बीमा समिति  स्थापनाको ५२ औं वर्ष पुरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ ।

कोभिड- १९ को महामारीमा यो वर्ष कुनै पनि औपचारिक कार्यक्रम नराखिएको बीमा समितिले बताएको छ ।

गत वर्ष भने बीमा समितिले भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको थियो  ।

सो अवसरमा  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको उद्देश्य र जिम्मेवारीलाई सशक्त ढंगले अघि बढाउन सहयोग गर्ने सवै पक्षलाई  धन्यवाद दिएका छन् ।

साथै उनले शुभकामना सन्देशमा समितिको काम कार्यवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सरकारका विभिन्न निकायहरु, वित्तीय क्षेत्रका नियामक निकायहरु, बीमा कम्पनीहरु, बीमासंग सम्बन्धित सरोकारवालाहरु, अन्तरराष्ट्रिय वित्तीय संस्थाहरु तथा शुभेच्छुकहरु प्रति पनि आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

बीमा क्षेत्र बहुआयामिक प्रकृतिको भएको हुँदा बीमा क्षेत्रले आफ्नो क्षेत्रको साथै अर्थ व्यवस्थाका सबै क्षेत्रको जोखिमसमेत बहन गनुपर्ने भएकोले विपद्रजोखिम व्यवस्थापनमा बीमा क्षेत्र बढी संवेदनशील हुनु पर्ने उनको भनाइ छ ।

हाल विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ संक्रमण बढेसँगै बीमा व्यवसायलाई नियमित एवं विकसित गर्न थप चुनौती बढ्दै गएको भन्दै उनले समग्र बीमा क्षेत्रको विकास र विस्तारको कार्यसँगै बीमितको हकरहित संरक्षणलाई केन्द्रमा राखी बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

२०७८ जेठ १ गते प्रकाशित ।


ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ९ आइतवार १०:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

वि.सं.२०८१ असार ९ आइतवार १०:२९

काठमाडौं । आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

वि.सं.२०८१ असार ९ आइतवार १०:१९

काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक तथा वित्तीय...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ६ बिहीवार १२:४९

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८१ असार ६ बिहीवार १२:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता...

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

वि.सं.२०८१ असार ६ बिहीवार ०८:५५

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...