back

नेपाल इन्स्योरेन्स नाफा २६.८७ बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा २६.८७ प्रतिशतले बढेको छ । नाफा वृद्धिपछि कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्म १७ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा भएको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार ३९.०५ प्रतिशतले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ३६ करोड ४७ लाख १० हजार रुपैयाँ रहेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ३५.२७ प्रतिशतले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ४३ करोड १ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ५ प्रतिशतले बढेर १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको जगेडा कोष १६.१६ प्रतिशतले बढेर ४० क

रोड १७ लाख ३५ हजार रुपैयाँ छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा छ । त्यस्तै, यस अवधिमा कम्पनीको कूल दाबी भुक्तानी १७३.२२ प्रतिशतले बढेर ४८ करोड ४८ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कूल दाबी भुक्तानी १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ गरेको थियो ।

२०७८ वैशाख २८ गते प्रकाशित ।

 


सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

वि.सं.२०८१ माघ २८ सोमवार १८:४५

काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ...

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ माघ २८ सोमवार १४:४२

काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रा. लि. मा...

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २७ आइतवार १८:३१

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप...

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

वि.सं.२०८१ माघ २७ आइतवार १८:२५

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...