नेपाल चेम्बरले उपत्यकामा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा दिने
वि.सं.२०७८ वैशाख २६ आइतवार
२६ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजेसम्म चेम्बरले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे हाे ।
कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
चेम्त्ररकाे अनुसार हाललाई काठमाडाैं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्नेछन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाईल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जानकारी दिएकाे छ ।
प्रकाशित समय : १०:२१ बजे