back
skip this gaugauma singhadarbar

स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली लगाउन बाध्य

२६ वैशाख,काठमाडौं । कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् ।

कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् ।

अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले गुनासो गरे ।

सुरक्षाका दृष्टिकोणले भने एक पटक लगाएको पीपीई र मास्क अर्को पटक लगाउन मिल्दैन । तर, अभाव भएकाले जोखिम लिएर लगाउनुपरेको बन्जाडेको भनाइ छ । त्यति मात्र होइन, जिल्लामा ग्लोब्स, फेस सिल्ड र सेनिटाइजरको पनि अभाव छ ।

१२ घण्टाको एक सिफ्टमा पीसीआर ल्याबमा ४, कोभिड अस्पतालमा १०, इमर्जेन्सीमा १०, आईसीयूमा ६ र गाइनोमा ६ गरी ३६ वटा पीपीई र मास्क सेट चाहिन्छ । २४ घण्टामा ७२ वटा चाहिन्छ । त्यति नै संख्यामा मास्क, ग्लोब्स र फेस सिल्ड चाहिन्छ ।

एउटा पीपीईको हजारदेखि २ हजार रुपैयाँ पर्छ । ‘पीपीई नहुँदा दुई दिनदेखि एउटैलाई धोएर सुकाएर लगाइरहेको छु,’ अस्थायी कोभिड अस्पतालमा कार्यरत एक नर्सले भनिन्, ‘यस्तो लापरबाहीले हामी कसरी सुरक्षित हुन सक्छौं रु’ आफू सुरक्षित भए मात्रै अरूको उपचार गर्न सकिने उनले बताइन् । ‘युद्धमा पठाउने तर हतियार नदिने । यसरी कसरी युद्ध जित्न सकिन्छ रु,’ उनले भनिन् ।

चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा रहेको अस्थार्यी कोभिड अस्पतालमा १८ जना र कपिलवस्तु अस्पतालको इमर्जेन्सी र बरन्डामा २५ जना कोरोनाका बिरामी तथा आईसीयू वार्डमा ८ जना अन्य बिरामी छन् । संक्रमितलाई बेड अभाव भएपछि भुइँमा राखेर उपचार गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

 

gaugauma singhadarbar

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...