back

प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बीमाशुल्क ६०.२१ प्रतिशतले बढ्यो

२४ वैशाख काठमाडौँ–प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बीमा शुल्क ६०.२१ प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले ४८ करोड ४५ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ३० करोड २४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ०.२५ प्रतिशतले घटेर ३ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आय ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीको दाबी भुक्तानी १९.१० प्रतिशतले घटेर १६ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी २० करोड ३४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १.२२ प्रतिशत घटेर १२ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १३ करोड ७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ६० करोड ५ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा ५१ करोड २७ लाख रुपैयाँमा सीमित थियो।

अघिल्लो वर्षको यही अवधिसम्म २२ करोड ९० लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर २६ करोड १४ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार ४ करोड ६३ लाख रुपैयाँबाट बढेर ५ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ।

तेस्रो त्रैमासमा कम्पनीको नाफा ४०.५० प्रतिशतले बढेर १२ करोड ७३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ९ करोड ६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको जारी नयाँ बीमालेखको संख्या १ लाख २७ हजार ४७६ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ८९ हजार ५४ रहेको थियो।

चुक्तापुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.५४ रुपैयाँ रहेको छ। पीई रेसियो ४९.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.३० रुपैयाँ रहेको छ।


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...