एनआईसी एसिया बैंकको लापरवाही बढ्दो, राष्ट्र बैंकले माग्यो जवाफ
वि.सं.२०७८ वैशाख २३ बिहीवार
काठमाडौं । एनआईसी एसिया बैंकको लापरवाही बढ्दै गयको थाहा पाएपछी नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकसँग जवाफ माग गरेको छ ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।
एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारण ऋणीलाई महामारीमा पनि दुःख दिएको खबर बाहिरिएको थियो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकलाई पत्र काटिएको पुष्टि गरेका छन् ।एनआईसी एसिया बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ ।
त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको छ । बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ ।
प्रकाशित समय : ०३:५३ बजे