कुमारी बैंकद्धारा लाभांश घोषणा

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने लाभांशको हिस्सा घोषणा गरेको हो ।
समितिका निर्णय अनुसार बैंकको हाल कायम चुक्तापुँजीको कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश रहेका छन्।
बैंकको चुक्तापुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ रहेको छ।
बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।
२०७८ असोज १२ गते प्रकाशित

प्रकाशित समय : ११:१२ बजे