back

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो ।
पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको हो ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २७३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३१८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२०७८ असोज ८ गते प्रकाशित


असारे विकासको नियति : पुँजीगत खर्च ६३ प्रतिशत मात्रै, दुई पटकको संशोधनमा पनि भेटिएन लक्ष्य (तथ्यांक सहित)

असारे विकासको नियति : पुँजीगत खर्च ६३ प्रतिशत मात्रै, दुई पटकको संशोधनमा पनि भेटिएन लक्ष्य (तथ्यांक सहित)

वि.सं.२०८१ साउन २ बुधवार ११:१७

काठमाडौं । सरकारले पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७...

वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक , कुन बैंकको कति ?

वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक , कुन बैंकको कति ?

वि.सं.२०८१ असार ३१ सोमवार ०९:५६

काठमाडौं । नयाँ आर्थीक वर्ष शुरु हुँदै गर्दा बैंकिङ्ग प्रणालीमा...

तथ्यांकमा नियमित चक्र:  थुप्रियो बैंकमा निक्षेप, किन हुन सकेन कर्जा प्रवाह ?

तथ्यांकमा नियमित चक्र: थुप्रियो बैंकमा निक्षेप, किन हुन सकेन कर्जा प्रवाह ?

वि.सं.२०८१ असार २५ मंगलवार ११:५८

काठमाडाैं ।  असारको तीन सातामा वाणिज्य बैंकहरुमा मात्रै एक खर्ब...

असारे विकासलाई निरन्तरता: अन्तिम दिन सरकारले दियो ३३ अर्ब ६१ करोड भुक्तानी

असारे विकासलाई निरन्तरता: अन्तिम दिन सरकारले दियो ३३ अर्ब ६१ करोड भुक्तानी

वि.सं.२०८१ असार २५ मंगलवार ११:४३

काठमाडौँ । चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन सरकारले एकै...

सरकार फेरिए पनि आर्थिक विकासका लागि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सरकार फेरिए पनि आर्थिक विकासका लागि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ असार २१ शुक्रवार १४:१३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि...

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

वि.सं.२०८१ असार ६ बिहीवार ०८:५५

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...