back

वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् ।

शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए ।

सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।

प्रहरीकाअनुसार राति अबेरसम्म उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा मदिरा सेवन गरेका थिए ।

त्यहाँबाट निस्केर फेरि उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएका थिए ।

khanepani

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

साइन बोर्डको शुल्क बुझाउन काठमाडौं महानगरको ३० दिने अल्टिमेटम

वि.सं.२०७९ असोज ७ शुक्रवार १०:४४

काठमाडौं । काठमाडों महानगरपालिकाले व्यापार, व्यवसाय गर्ने व्यक्ति संघ/संस्थाहरुले परिचय...

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

भरतपुरले अपनाएको विकास मोडलबाट देशका अन्य पालिकाले पनि सिक्नु पर्छ : मन्त्री यादव

वि.सं.२०७९ साउन ९ सोमवार १२:१८

काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भरतपुर महानगरले...

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

जन्तेढुंगाका वडाहरुमा एमालेको तालाबन्दी,यस्तो छ कारण ?

वि.सं.२०७९ साउन ४ बुधवार ११:२२

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा...

बालेन शाहको रफ्तार : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म,अरु केके गरे?

बालेन शाहको रफ्तार : फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म,अरु केके गरे?

वि.सं.२०७९ जेठ २६ बिहीवार १४:४६

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ...

अब हरेक महिना वडा वडामा नि:शुल्क स्वास्थ्य शिविरः चिकित्सकको खर्च भाटभटेनीले ब्यहोर्ने

अब हरेक महिना वडा वडामा नि:शुल्क स्वास्थ्य शिविरः चिकित्सकको खर्च भाटभटेनीले ब्यहोर्ने

वि.सं.२०७९ जेठ २५ बुधवार १९:५२

धनगढी। धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर...

नछुट्याएको फोहोर अबदेखि महानगरले संकलन गर्दैन : मेयर शाह (अरु केके भने प्रमाणसहित)

नछुट्याएको फोहोर अबदेखि महानगरले संकलन गर्दैन : मेयर शाह (अरु केके भने प्रमाणसहित)

वि.सं.२०७९ जेठ २४ मंगलवार १२:४५

काठमाडौँ। काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर...