back

स्थानीय निर्वाचनः देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न, कुन दल कति स्थानमा विजयी(विवरणसहित)

काठमाडौँ। प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १/१ वटा जिल्लाको मत गणना सम्पन्‍न भएको छ

आज सम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १/१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो ।

प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन ।

प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ वटा जिल्लामा जित हासिल गरेका छन् ।

वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ ।

गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।

मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २/२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् ।

लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो ।

सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जित्यो ।

निर्वाचन आयोगका अनुसार मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।

 


नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार

नवौं भक्तपुर महोत्सवः स्थानिय उत्पादन, पर्यटनको आधार

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२१

भक्तपुर। ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’...

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन १८ वडाअध्यक्षहरूको माग

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन १८ वडाअध्यक्षहरूको माग

वि.सं.२०८१ चैत १० आइतवार १७:१०

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको...

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

प्रत्येक पालिकामा आपतकालिन गोदामघर व्यवस्थापन गरिने

वि.सं.२०८१ चैत ८ शुक्रवार १६:३५

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका...

काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

काठमाडौं महानगरले स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने

वि.सं.२०८१ चैत ८ शुक्रवार १४:२५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको...

६ नगरपालिका उत्कृष्ट घोषित

६ नगरपालिका उत्कृष्ट घोषित

वि.सं.२०८१ चैत ७ बिहीवार १८:५०

काठमाडौं । विभिन्न ६ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा घोषित...

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सेवाग्राहीलाई सास्ती

मुगुका तीन पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सेवाग्राहीलाई सास्ती

वि.सं.२०८१ चैत ५ मंगलवार १२:३९

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र दुई गाउँपालिका...