back

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौँ । चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

समाचारअनुसार उहाँहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ ।
यसका अतिरिक्त उहाँहरुबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
त्यस क्रममा उहाँहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।

अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए ।

साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए ।

यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए ।

हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविश्य निर्धारण हुने पनि उहाँहरुबीच कुराकानी भएको सो समाचर समितिले जनाएको छ ।

अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरुलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए।
२०७८ भदौ १४ गते प्रकाशित


ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्रीसेहवाज सरिफले भारतको आक्रमणको जवाफ दिने बताएका...

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

पाकिस्तानमाथि भारतको आक्रमणपछि डोनाल्ड ट्रम्प भन्छन् : लाजमर्दो कुरा हो

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:१५

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...