back
himalayan life

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

काठमाडौँ । अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ ।

तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो ।

तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् ।
यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ ।

शनिबारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअ‍े अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् ।

यसैबीच, शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउमा अवरोध खडा गरेका छन् । ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाई गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए ।

विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्तान्तमा अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आइएस)लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो ।
२०७८ भदौ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...