back

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट ७ लाख रुपैयाँ प्रदान

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बिमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ ।

ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिए ।

२०७८ साउन १३ गते प्रकाशित


बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

वि.सं.२०८१ असोज २३ बुधवार १०:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाल अस्पताललाई २५ लाख रुपैयाँ...

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी तोक्न नेपाल राष्ट्र बैंकको निर्देशन 

वि.सं.२०८१ असोज २३ बुधवार ०९:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो...

एभरेष्ट बैंकद्वार प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग

एभरेष्ट बैंकद्वार प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग

वि.सं.२०८१ असोज २२ मंगलवार १७:१०

काठमाडौं । एभरेष्ट बैंकले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री...

नेप्से परिसूचक २७ अंकले घट्यो, कति भयो कारोबार ?

नेप्से परिसूचक २७ अंकले घट्यो, कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २२ मंगलवार १६:०१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार परिसूचक...

सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २२ मंगलवार १२:५२

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५...