सिभिल बैंकको सीईओ पोखरेलले सम्हाले कार्यभार
वि.सं.२०७८ असार १८ शुक्रवार
काठमाडौं । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेलले आज देखि आफ्नो कार्यभार सम्हालेका छन् ।
गत जेठ २८ गते बसेको कम्पनीको ३४५ औं सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी एशिया बैंक, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।
स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । पोखरेलसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।
गत वैशाख १८ गते कम्पनीका तत्कालीन सी.ई.ओ. गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म कम्पनी सीइओविहीन थियो ।
२०७८ असार १८ गते प्रकाशित
प्रकाशित समय : ११:४४ बजे