back

नेपाली बजारमा : चीनको ‘ग्रेट वाल मोटर्स’का प्रिमियम एसयूभी र पिकअप गाडी

काठमाडौं । नेपाली बजारमा अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा आएको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा आएको हो ।

ग्रेट वाल मोटर्सले तीन गाडीहरुबाट नेपाली बजारमा आएको हो । जसमा एसयूभी वर्गमा तेस्रो जेनेरेशन हाभल एच६(3rd Gen HAVAL H6) र हाभल जलियन(HAVAL JOLION​)छ भने पिकअप वर्षमा पोयर(POER​) रहेको छ ।

दुवै मोडलहरुको लुक, इन्टेरियर स्पेस, ओभरअल पर्फर्मेन्स, इन्टेलिजेन्स र सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको कम्पनीले जनाएको छ ।

भी.जी. इम्पेक्स ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको छ । तीन नयाँ मोडलहरु हाभल एच६, हाभल जलियन, पिकअप पोयरका साथ बजार प्रवेश गरेको कम्पनीले ग्रेट वाल मोटर्सका प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्येनजर गर्दै चाडै नै भर्चुअल कार सोकेस होस्ट गर्ने भएको छ ।

ग्रेट वाल मोटर्सको शोरुम काठमाडौंको थापाथलीमा रहेको छ । ग्राहकहरुलाई देशभर एक प्रिमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपाल भरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको भी.जी. इम्पेक्सले जनाएको छ ।

निकट भविष्यमा ग्रेट वाल मोटर्सले नयाँ जेनेरेशनको इलेक्ट्रिक कार ओरा आर१ नेपाली बजारमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले विङ्गल पिकअप पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ ।

ग्रेट वाल मोटर्स एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो । चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो ।

चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्छ।

२०७८ असार १६ गते प्रकाशित

 


बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

वि.सं.२०८२ वैशाख ४ बिहीवार १८:१६

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०४

काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा...

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

वि.सं.२०८१ चैत २८ बिहीवार १८:५६

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु

चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु

वि.सं.२०८१ चैत २८ बिहीवार १८:५३

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट...

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

वि.सं.२०८१ चैत २७ बुधवार १३:५७

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक...