back
skip this gaugauma singhadarbar

राष्ट्र बैंकको ‘खाए खा नखाए घिच’ भन्ने निर्देशनले लगानीकर्तालाई तर्सित बनायो:अध्यक्ष पोखरेल

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनप्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै जारि गरेको निर्देशन प्रति संघले आपत्ति जनाएको हो।

बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुबित्तको सेयर २०७८/ पौष मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्ति जनक रहेको संघले उल्लेख गरेको छ । निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा बित्तिय संस्थाले किनेको लघुबित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अबिलम्ब जारी गर्न संघले आग्रह गरेको छ ।

संघकी अध्यक्ष राधा पोखरेलबाट जारी विज्ञप्तीमा भनिएको छ , ‘अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा संघले घोर आपत्ति जनाएको छ । ‘

पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने संघको धारणा छ । संघले भनेको छ ‘अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखि नै प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो संघको धारणा रहदै आएको छ ।’

अन्त्यमा, राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र बिबेक पूर्ण ढंगले आफ्नो कारोबार गर्न संघले अपिल पनि गरेको छ।

२०७८ जेठ १२ गते प्रकाशित।

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

गुराँस लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:५४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...