back

राष्ट्र बैंकको ‘खाए खा नखाए घिच’ भन्ने निर्देशनले लगानीकर्तालाई तर्सित बनायो:अध्यक्ष पोखरेल

nactional life

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनप्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै जारि गरेको निर्देशन प्रति संघले आपत्ति जनाएको हो।

बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुबित्तको सेयर २०७८/ पौष मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्ति जनक रहेको संघले उल्लेख गरेको छ । निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा बित्तिय संस्थाले किनेको लघुबित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अबिलम्ब जारी गर्न संघले आग्रह गरेको छ ।

संघकी अध्यक्ष राधा पोखरेलबाट जारी विज्ञप्तीमा भनिएको छ , ‘अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा संघले घोर आपत्ति जनाएको छ । ‘

पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने संघको धारणा छ । संघले भनेको छ ‘अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखि नै प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो संघको धारणा रहदै आएको छ ।’

अन्त्यमा, राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र बिबेक पूर्ण ढंगले आफ्नो कारोबार गर्न संघले अपिल पनि गरेको छ।

२०७८ जेठ १२ गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...