back

अब लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज : किनेको भए बेचिहाल्नु पर्ने

nactional life

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।

लघुवित्तको सेयर किनेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो बन्देज लगाएको हो ।

अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर किनबेच गरिरहेका थिए । अहिले सञ्चालनमा रहेका अधिकांश जसो तीन वर्गका बैंकहरुले लघुवित्तमा लगानी गरेका छन् ।

‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि १० जेठसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले बताएको छ ।

२०७८ जेठ १० गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२१

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी...