back

पहिलोपटक पसल खोल्दै गुगल

काठमाडौं । गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।

एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।

एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ ।ब्लग पोष्टमा भनिएको छ ‘धेरै उपभोक्ताहरु सामान किन्नु अगाडि त्यसको हार्डवेयर कस्तो छ ? हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ ? छुँदा कस्तो अनुभव हुन्छ ? अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’ आफ्नो हार्डवेयर प्रडक्टको व्यापार वार्षिक रुपमा अर्बौँ डलरको हुने गरेको गुगलले जनाएको छ ।

तर कम्पनीको समग्र आम्दानीमा हार्डवेयर व्यवसायको हिस्सा कति छ भनेर उसले देखाउने गरेको छैन । केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।

तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरुको भर पर्ने गरेको छ, जसमा बेस्ट बाइ तथा अमेजन लगायतका मुख्य छन् । विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भएपनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् ।

यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरको रुपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो । तर गत वर्षमात्रै माइक्रोसफ्टले ती सबै ८३ वटा माइक्रोसफ्ट स्टोरहरु बन्द गर्ने र अनलाइनबाट सामान बिक्रीमा केन्द्रित हुने घोषणा गरेको थियो । सिएनएनबाट

२०७८ ९ गते प्रकाशित ।


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन

टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन

वि.सं.२०८१ असोज १४ सोमवार १०:३१

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३०...

दुई महिनामा झण्डै ७ अर्बको स्मार्टफोन आयात

दुई महिनामा झण्डै ७ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८१ असोज ११ शुक्रवार २१:३२

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात...

रियलमी सि ६७ ‘५जी’ र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध

रियलमी सि ६७ ‘५जी’ र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध

वि.सं.२०८१ असोज ११ शुक्रवार १०:१०

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी  सि...

आईफोन १६ सिरिज सार्वजनिक, के छन् फिचर,कति रहेकाे छ मूल्य ?

आईफोन १६ सिरिज सार्वजनिक, के छन् फिचर,कति रहेकाे छ मूल्य ?

वि.सं.२०८१ भदौ २६ बुधवार ११:३३

काठमाडौँ । एप्पलले आफ्नो मेगा इभेन्टमा आइफोन १६ सिरिज सार्वजनिक...

लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपाली बजारमा

लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपाली बजारमा

वि.सं.२०८१ साउन ३० बुधवार १०:४०

काठमाडौँ । नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन...