back

कोरोनाले लगातार तीन दिनमा लियो एकै घरका तीन भाईको ज्यान

काठामाडौँ । नेपालगन्जमा तीन दिनको अन्तरालमा तीन भाईको ज्यान गएको छ । जिल्लाको उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई कोरोनाले ज्यान लिएको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको बेला ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाएका छन् ।

उनीहरु स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये क्रमशः काइलो, राइलो र कान्छो छोरा हुन् ।

उपचारकै क्रममा २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु छ ।

उनीहरुलाई अन्य कुनै रोग नभएको र हट्टा कट्टा नै भएको पारीबारिक स्रोतले जनाएको छ । जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ।

२०७८ जेठ ६ गते प्रकाशित


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१४

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत...

सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:५१

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।...