back

भारतले नेपाललाई यस वर्ष खोप नदिने, २१ लाखले दोस्रो मात्रा लगाउन बाँकी

काठमाडौं । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसक्ने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसक्ने बताएका हुन् ।

‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरू गरिएको थियो । पछि फागुन ९ नेपालले खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज भारतले पठाएकोमा बाँकी खोप भारतले हालसम्म पठाएको छैन ।

हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरीद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध १ लाख, कोभ्याक्स सुविधाबाट प्राप्त ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिशिल्ड खोप आएकोमा २३ लाख ४८ हजारलाई लगाइएको छ, जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप लगाइएको छ ।

२१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा दिन बाँकी रहेको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।
भारतले खोप नदिने भएपछि खोपको दोस्रो मात्रा लगाउन बाँकी २१ लाखले तत्काल खोप नपाउने देखिएको छ ।

२०७८ जेठ ६ गते प्रकाशित।


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...