back

छुट्नु भयो कि ! एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८ दशमलव ५–२०८/८८’ नामको ऋणपत्र विक्री गरेको हो ।

प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्दैछ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।

आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

२०७८ जेठ ६ गते प्रकाशित।

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

वि.सं.२०८२ माघ २ शुक्रवार १६:३२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला...

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

वि.सं.२०८२ माघ १ बिहीवार ११:००

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले २०८२ माघ १ गते विहिबारदेखि...

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १७:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा...

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा २०८२ साल...

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २०८२ साल पुस ३०...

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

वि.सं.२०८२ पुस ३० बुधवार १७:०५

काठमाडौं । नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा...