back

नाट्टाद्धारा भ्रमणमा आएका विदेशीलाई स्वदेश फर्कने वातावरण मिलाईदिन आग्रह

nactional life

काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् । “नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई÷तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ । चार्टर उडानमा अत्यधिक हवाई भाडा महङ्गो भएको भन्दै नाट्टाले अन्तरराष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...