back

आज एकै दिन तेह्र अन्तरराष्ट्रिय उडान

nactional life

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।

यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ । मङ्गलबार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन् ।

अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ । यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ । गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...