कोरोना कहरबीच स्वस्थ रहने मन छ, अपनाउनुहोस् यी तरिका
वि.सं.२०७८ जेठ १ शनिवार
काठमाडौं । कोरोनाको कहरले लामो समय हामी सबैलाई घरभित्रै बस्न बाध्य बनाएको छ । यससँगै हाम्रो दैनिकीमा पनि ठूलै परिवर्तन ल्याएको छ ।
अफिस, स्कुल, व्यापार सबै ठप्प भएको कारण हाम्रो शारीरिक तथा मानसिक रूपमा सक्रिय नभइने भएकाले रोगव्याधीले सताउन सक्छ । यस्तो अवस्थामा स्वस्थ रहन यी तरिका अपनाउन सकिन्छ ।
पौष्टिक आहारको सेवन
अधिकांशको समय खाने र सुत्नेमै बित्ने गर्छ । यसैबीच, विभिन्न प्रकारका खाना बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्ति बढेको छ ।
अत्यधिक मसलेदार, चिल्लो–पिरो खानाले स्वास्थ्यमा राम्रो प्रभाव पार्दैन । यसर्थ, सकेसम्म खानामा सन्तुलन मिलाउने र पौष्टिक आहारको सेवन गर्नु उचित हुन्छ ।
शारीरिक अभ्यास
घरमै रहेर पनि साधारण अभ्यास गर्न सकिन्छ । बिहानको केही घन्टा दौडने, साइकल चलाउने तथा हिँडडुल गर्न सकिन्छ । त्यस्तै, घरायसी कामकाजमा संलग्न रहँदा शरीरलाई सकारात्मक ऊर्जा पैदा गर्छ ।
निद्रामा सन्तुलन
राति अबेरसम्म सामाजिक सञ्जालमा बस्ने कारण आजकल बिहानको समय प्रायः सबैको ढिला उठाइ हुन्छ । यद्यपि, यो बानीलाई भने समयतालिका परिवर्तन गर्न सकिन्छ ।
निर्धारित समयमै सुत्ने र उठ्ने गरेमा मानसिक तथा शारीरक दुवै तरिकाले फाइदाजनक हुन्छ । युवा अवस्थामा औसतमा पनि ७ देखि ८ घन्टा निन्द्रा पु¥याउनुपर्छ ।
ढिलो सुताइ र उठाइले मुटु, डायबेटिज, ह्यामरेज तथा गम्भीर स्वास्थ समस्या आउन सक्छन् ।
तनाव व्यवस्थापन
फ्रेस हुनका लागि नजिकका साथीभाइसँग गफ गर्ने, योगा गर्ने तथा अनलाइन थेरापी लिन सकिन्छ । त्यस्तै, सिर्जनात्मक कार्यमा पनि व्यस्त रहन सकिन्छ।
२०७८ जेठ १ गते प्रकाशित ।
प्रकाशित समय : १२:५१ बजे