back

सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् ।

बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो ।

सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका छन् । उनले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् ।

भारतको पुणे स्थित सिम्बायोसिस इस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ ।

हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

२०७८ वैशाख ३१ गते प्रकाशित


नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२०

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:१७

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास...

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

आईएमई लाइफमा शाखा र उपशाखा प्रमुखको माग

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:५६

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातैवटा प्रदेश अन्तर्गतको...

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:४८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालको विराटनगरमा कृषि...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...