विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था किसान सहकारीले पायो अन्तर्राष्ट्रिय पुरस्कार

वि.सं.२०७८ वैशाख २५ शनिवार

२५ वैशाख, कैलाली । कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ ।
सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ सहित पुरस्कृत भएको हो । सहकारी संस्था सदस्य सुरक्षणकालागि विभूषित हुने नेपालको पहिलो वित्तीय संस्था पनि हो ।
ग्राहक/सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मूल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई ग्राहक÷सदस्य सुरक्षणमा अब्बल संस्था ठहर गर्दै प्रमाणपत्र सहित पुरस्कृत भएको संस्थाका प्रोजेक्ट मेनेजर दिपक राज ढुङ्गानाले जानकारी दिए ।
क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सिद्धान्त तथा १९२ मानङ्गकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तर्राष्ट्रिय अभियानको ठहर छ ।सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो ।

प्रकाशित समय : ०८:०१ बजे