back
skip this gaugauma singhadarbar

लोकप्रिय सोसल मिडिया टिकटकमा नयाँ सिइओ नियुक्त

काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ ।नयाँ नियुक्त भएका सिइओको नाम शोउजी चेउ हो ।

अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको हो । उनी टिकटकको मातृ कम्पनी बाइटडान्समा केही महिना अगाडि प्रमुख वित्तीय अधिकृतको रुपमा प्रवेश गरेका थिए । शोउजीसँग यसअघि चिनिया स्मार्टफोन कम्पनी शाओमीको उच्च कार्यकारी तहमा रहेर काम गरेको अनुभव छ ।

शोउजी सिइओ नियुक्त भएसँगै कम्पनीमा अन्तरिम प्रमुखको भूमिकामा रहेकी भ्यानेसा पाप्पाजलाई टिकटकको प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओको जिम्मेवारी दिइएको छ । एक विज्ञप्तिमा बाइटडान्सका सिइओ यिमिंग झांगले भनेका छन् : चेउ र भ्यानेस्साको नेतृत्वले दिगो वृद्धिको मार्ग प्रस्तस्त गर्नेछ ।

चेउसँग टिकटक कम्पनी तथा प्रविधि उद्योगको बारेमा गहन ज्ञान रहेको र कम्पनीकै सुरुवाती लगानीकर्ताको टोलीलाई हाँकेको र प्रविधि क्षेत्रमा एक दशकसम्म काम गरेको अनुभव रहेको भन्दै झांगले उनले कम्पनीमा गहना थप्नुका साथै कर्पोरेट गभर्नेन्स र दीर्घकालीन व्यवसायिक प्रयासहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

टिकटकका नव नियुक्त प्रमुख कार्यकारी चेउ सिंगापुरका हुन् । उनी सिंगापुरस्थित टिकटक कार्यालयबाट काम गर्नेछन् ।

यसबाट टिकटकलाई अमेरिकी सिइओ नै आवश्यक हुन्छ भन्ने मान्यता पनि खण्डित भएको बताइएको छ ।

गत वर्ष टिकटकले डिज्नी कम्पनीका पूर्व व्यवस्थापक केभिन मायरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर उनले राजनीतिक वातावरणमा ठूलो परिवर्तन आएको भन्दै ३ महिनामै राजिनामा दिएका थिए । मायरको राजिनामा पछि टिकटकले आफ्नो अमेरिकास्थित शाखा प्रमुख पाप्पाजलाई अन्तरिम सिइओमा बढुवा गरेको थियो ।

टिकटक अमेरिकामा निकै लोकप्रिय छ, जहाँ टिकटकका १० करोड भन्दा धेरै प्रयोगकर्ता छन् ती मध्ये ६० प्रतिशत भन्दा बढि १० देखि २९ वर्षका छन् ।

विश्वमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ६८ करोड ९० लाख छ । टिकटक एप अहिलेसम्म २ अर्ब पटक डाउनलोड भइसकेको छ । एप स्टोरमा समेत सर्वाधिक डाउनलोड हुने एपको रुपमा टिकटक रहेको छ ।

तथापि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनेको थियो । तर जो बाइडेन राष्ट्रपति बनेसँगै टिकटकमाथिको संकट टरेको विश्लेषण गरिएको छ । गत फेब्रुअरीमा बाइडेनले अमेरिकी संघीय अदालतलाई टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश रोक्का गर्न आग्रह गरेका थिए ।टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप ट्रम्प प्रशासनको थियो । तर टिकटकको मातृ कम्पनी बाइटडान्सले भने अमेरिकी टिकटक प्रयोगकर्ताका सबै डाटाहरु सिंगापुरस्थित अमेरिकी सर्भरमै सुरक्षित राखिएको र प्रयोगकर्ताका डाटा कुनैपनि सरकारलाई नदिने बताएको थियो ।

gaugauma singhadarbar

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५०

काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी...

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२७

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता...

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१९

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

वि.सं.२०८२ वैशाख ३० मंगलवार ११:५१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:१४

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको...

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १०:५४

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा...