back

बच्चाका लागि क्यानडामा संसारको पहिलो कोरोना भ्याक्सिनले पायो अनुमति

काठमाडौं । फाइजरको भ्याक्सिन बच्चाका लागि स्वीकृति पाउने संसारको पहिलो कोरोना भ्याक्सिन बनेको छ । क्यानडाको ड्रग रेगुलेटर हेल्थ क्यान्डाले १२ देखि १५ वर्षका बच्चाका लागि यो भ्याक्सिन लगाउने अनुमति दिएको छ ।

यसअघि यो भ्याक्सिन १६ वर्ष माथिका उमेर समूहलाई लगाइएको थियो । अमेरिकामा पनि फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाउनका लागि अनुमति मिल्ने आशा गरिएको छ ।

फाइजरको भ्याक्सिनको बच्चामाथि ट्रायल जनवरीदेखि मार्चबीच भएको थियो । त्यतिबेला भ्याक्सिन निर्माताले उसको भ्याक्सिन बच्चामाथि पूर्ण रुपमा सुरक्षित भएको बताएको थियो ।

यसको प्रभावकारिता शत प्रतिशत प्रमाणित भएको छ । अमेरिकामा नै फाइजरबाहेक मोडर्ना र जोनसन एण्ड जोनसनको भ्याक्सिन पनि  बच्चामा ट्रायल गरिँदैछ ।

मोडर्ना भ्याक्सिनको ट्रायलको नतिजा जूनमा नै आउने आशा गरिएको छ । यस्तै, जोनसन एण्ड जोनसनको भ्याक्सिनको नतिजा त्यसपछि आउनेछ । अर्थात्, वर्षको अन्त्यसम्म नै कम्पनीको भ्याक्सिन सबै बच्चाका लागि उपलब्ध हुनसक्छ ।

क्यानडामा हेल्थ रेगुलेटरले स्पष्ट पारेका छन् कि अब यो भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाइनेछ । यसअघि कम्पनीले १३ अप्रिलमा अमेरिकी ड्रग रेगुलेटर (यूएस–एफडीए)सँग १२–१५ वर्षसम्मका बच्चाका लागि भ्याक्सिनको प्रयोगको अनुमति मागेको थियो ।

अमेरिकी समाचार च्यानल सीएनएनको रिपोर्ट अनुसार अर्को हप्ता अमेरिकामा पनि फाइजरको भ्याक्सिन १२–१५ वर्ष आयु समूहका बच्चामाथि प्रयोग गर्न अनुमति दिइनेछ ।

यूएस–एफडीएका अधिकारीले अर्को हप्ता नै मिटिङमा फाइजरको भ्याक्सिनमाथि निर्णय लिनुपर्नेछ । मञ्जुरी पाएको खण्डमा सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को एडभाइजरी कमिटीको बैठक हुनेछ । यसमा बच्चालाई कसरी र कहिले खोप लगाइने भनेर निश्चित गरिनेछ । यूएस–एफडीएकी एक प्रवक्ताले वासिङ्टन पोस्टसँगको कुराकानीमा भनिन्, ‘हामी छिटोभन्दा छिटो पूरा पारदर्शिताका साथै फाइजरको अनुरोधको समीक्षा गर्नेछौं ।हाल फाइजरको भ्याक्सिन १६ वर्षभन्दा बढी आयू समुह भएकाहरुलाई प्रदान गरिएको छ ।’

यस्तै, युरोपेली संघ र बेलायतमा पनि १२–१५ वर्षका बच्चाका लागि यो भ्याक्सिनले मञ्जुर पाउन सक्छ । फाइजरको भ्याक्सिन यी देशमा १६ वर्षभन्दा बढी उमेर समूहकालाई लगाइँदैछ । फाइजरले अब आफ्नो ध्यान ६ महिनादेखि ११ वर्षसम्मका बच्चामाथि भ्याक्सिनको ट्रायल गर्नेमा केन्द्रीत हुने बताएको छ ।

कति प्रभावकारी छ फाइजरको भ्याक्सिन ?

फाइजरको दाबी अनुसार उसले १२–१५ वर्षका २,२६० बच्चामाथि भ्याक्सिनको ट्रायल गरेको छ । ३१ मार्च सन् २०२१ मा घोषणा गरिएको नतिजा अनुसार यो भ्याक्सिन यी आयु समूहमाथि १०० प्रतिशत प्रभावकारी साबित भएको छ ।

यसका अर्थ यो हो कि जसलाई यो भ्याक्सिन लगाइयो, तीमध्ये कोही पनि भाइरसद्वारा संक्रमित भएनन् ।

ट्रायल्समा १८ बच्चा कोरोनाद्वारा संक्रमित भएका थिए तर उनीहरु सबै प्लेसिबो ग्रुपका थिए । त्यसपछि पनि ट्रायलमा संलग्न बच्चालाई दुई वर्षसम्म निगरानी गरिनेछ ता कि उनीहरुको शरीरमा भ्याक्सिनको दुरगामी असर बुझ्न सकियोस् ।

कम्पनीका अनुसार बच्चालाई चाँडोभन्दा चाँडो पुनः स्कूल पठाउन आवश्यक छ ता कि उनीहरु आफ्ना साथीलाई भेट्न सकून्, साथीभाइ र परिवारसँग निश्चिन्तताका साथ बाहिर खेल्न सकून् ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...