जन्मदिनमा युवा ब्यबसायि यज्ञ केसिले गरे अक्सिजन सहयोग
वि.सं.२०७८ वैशाख २२ बुधवार
बैशाष २२, तुलसीपुर। तुलसीपुरका युवा ब्यबसायि यज्ञबहादुर केसिले आज बुधबार आफ्नो जन्मदिनमा फजुल खर्च नगरेर कोरेना बिरामिहरुका लागि अक्सिजन र नगद सहयोग गरेका छन् ।
जिल्लामा भएको कोभिडका बिरामि,जेष्ठ नागरिक र ईमर्जेन्सि बिरामिहरुका लागि अति आबश्यक पर्ने अक्सिजन सहयोग गरेका हुन् ।
कोरोना अस्पताल बेलझुण्डिमा अक्सिजनको चरम अभाब भैरहेको सन्दर्भमा ५० केजिको २२ थान सिलिण्डर सहयोग गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त सिलिण्डर हस्तान्त्रण गर्दै ब्यबसायि केसिले भने ”अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस थप सहयोग के के गर्नु पर्छ म तयार छु ।” सो अबसरमा अक्सिजन बुझ्दै मेयर पाण्डेले भने अहिलेको महामारिमा सबैभन्दा ठुलो सहयोग नै मानविय सेवा हो यो बेला सबै एकै ठाउमा उभिन जरुरि छ । केसि दम्पतिलाई उपमहानगरपालिकाको तर्फबाट धन्यबाद ज्ञापन गरे ।
मैले पत्रकार शरद रेग्मीको फेसबुकमा पोष्ट गरेको हेरे “यो नै मानबताको सर्बोत्कृस्ट धर्म हो ।”भन्ने भनाईलाई शिरोधार्य गर्दै शनिबार तुलसीपुरमा मृत्यु भएका ३ जना बिपन्न बालबालिककाका परिवारलाई जन्मदिनको अबसरमा नगद रु ५०००-/ सहयोगको घोषण गरेको छु युवा ब्यबसायि यज्ञबहादुर केसिले भने “।
केसिले जन्मदिनको अबसरमा २७ हजार बराबरको सहयोग गर्नुभएको छ । फेरिपनि जन्मदिनको हाम्रो तर्फबाट केसिलाई धेरै धेरै शुभकामना ।
प्रकाशित समय : ११:१० बजे