back

पुरानै स्वरुपमा फर्किदै कमलपोखरी !

काठमाडौँ । काठमाडौँको कमलपोखरी पानीले भरिएको छ ।

सहर र गाडीहरुको कोलाहलकाबीच चराहरुको चिरबिर आवाज । धुलो र फोहोरकाबीच शान्त अनि हरियाली बगैँचा । धेरैपछि कमलपोखरी घुम्नलायक बनेको छ । आह ! कमलपोखरी भन्न लायक बनेको छ ।

२०७२ सालमा गएको भूकम्पले पोखरीमा क्षति पु¥याएको थियो ।
भुकम्पले क्षति पु¥याएको करिब ५ वर्षपछि महानगरले ‘हाम्रोे काठमाडौँ आफैँ बनाऔँ’ नाराका साथ गत असारमा कमलपोखरी पुनर्निर्माण थालेको थियो ।

२०७६ साल असारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर–१ का अध्यक्ष भरतलाल श्रेष्ठले शिलान्यास गरेर यो पोखरी निर्माण थालेका थिए ।
पोखरी निर्माणका लागि करिब नौ करोड ४७ लाख रूपैयाँ बजेट महानगरले छुट्याएको थियो । जय धनञ्जय (कँडेल निर्माण सेवा) ले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेन्डर लिएको थियो ।

पुनर्निर्माणको नाममा सुरुमा पोखरी सुकाइयो । मरेका माछा र चिरा परेको हिलो माटोको खण्डहर बन्यो पोखरी ।
काम सुरु भएको केही समयपछि कंक्रिटको प्रयोग गरिएको भन्दै सम्पदाप्रेमी तथा अभियान्ताहरुले विरोध पनि गरे । केही समयमा पोखरी निर्माणको काम पनि रोकियो ।
पछि महानगरले विज्ञ, स्थानीयवासी र सम्बन्धित व्यक्ति तथा निकायहरुसँग छलफल गरी काम अघि बढायो ।
विभिन्न कारणले पोखरीको काम रोकिए पनि अहिले भने पोखरीले आफ्नो स्वरूप पाएको छ । करीब २३ रोपनी २४ आना क्षेत्रफलमा रहेको पोखरी पुरानै स्वरुपमा फर्किदै छ ।
महानगरले दिएको जानकारीअनुसार अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ । यस चरणमा करीब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कमलपोखरीको सडक आवतजावत गर्नेले सम्म देखिने गरी टनाटन पानी भरिएको छ ।

पोखरी निर्माण देखिएका समस्या सुन्न र पोखरीको निरीक्षणका लागि महानगरका मेयर शाक्य अघिल्लो साता कमलपोखरी पुगेका थिए ।
‘अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको छ’ निरीक्षणका क्रममा उनले भने ।
छिट्टै पोखरीको उद्घाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने उनले बताएका छन् ।

‘सबैले रानीपोखरी मात्रै देखेका छन्, हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ’ प्रमुख शाक्यले भने, ‘एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण भइरहेको हो’ ।

आकाशे पानी संकलन र पुनभरण तथा पानी शुद्धिकरण गर्ने योजनासहित पोखरीको पुननिर्माण भइरहेको छ । निर्माणधीन कमलपोखरीमा २०७७ चैत्रमा मेलम्चीको पानी हालिएको थियो ।

पहिलो पटक मेलम्चीको पानी राखेपछि पानी चलायमान गराउन बीच भागमा एउटा ठूलो र छेउ–छाउतिर ९ वटा फोहरा राख्ने महानगरको योजना छ ।

जसमा पोखरीको पहिचान दिन बीचमा फाइबरको कमल फूल समेत राखिनेछ ।

पुननिर्माणको दोस्रो चरणमा यस अघि प्रहरी रहेको ठाउँमा सुन्दर पार्क निर्माण गरिनेछ । जसका लागि महानगरले २०७७ माघमा प्रहरी कार्यालय भत्काएको थियो ।

महानगरले कमलपोखरी वरपर चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरुप पुननिर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

उनकाअनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् ।

विगतमा कमलपोखरीमा हिउँदको समयमा पानी कम हुने र वर्खाको समयमा वर्षाद्ले भरिने गथ्र्यो ।

एकपटक पानी भरेपछि ५÷६ महिनासम्म रहने र त्यसपछि लेबल घट्न सक्ने उपाध्यक्ष बस्नेत बताउँछन् । ‘वर्खामा पानी भर्नु पर्दैन हिउँदमा एक÷दुई महिना पानीको लेबल घट्छ त्यतिबेला मेलम्चीकै पानी हाल्ने हो’ बस्नेतले समग्र समाचारसँग भने ।

यस पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुर्ननिर्माण गरिएको पुरातत्वविज्ञहरु बताउँछन् ।
पोखरी निर्माणमा नेपाली इट्टा र दर्सन ढुंगाको प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा छन् । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।

यसको व्यवस्थापनका लागि मासिक करीब १ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले पुननिर्माणपछि वडालाई हस्तान्तरण गर्नुअघि महानगरले यस विषयमा ध्यान दिने अपेक्षा समेत राखेका बताए ।
सहरी पूर्वाधार विकास विभागका इञ्जिनियर प्रेम श्रेष्ठले दिएको जानकारीअनुसार प्रवेशद्वार शौचालयको केही भाग र रंगरोगनलगायतका थोरै काम बाँकी रहेको छ ।
महानगरले यसअघि ०७८ साल वैशाखमा पोखरीको उद्घाटन गर्ने तयारी गरेको थियो । विविध कारणले काम सम्पन्न भएन ।

तर यस वर्षको छठका लागि दशैँपछि कमलपोखरी उद्घाटन गर्ने आयोगका उपाध्यक्ष बस्नेतले बताए ।
‘दशैँ र तिहारअघि कलपोखरीको उद्ध्घाटन गर्ने तयारी छ’ समग्र समाचारसँगको कुराकानीमा उनले भने, ‘छेउछाउमा बनाइने पार्कको डिजाइन बन्दै छ त्यो विस्तारै बन्नेछ ।’
कमलपोखरीमा भक्तपुर र ललितपुरको बुङमतीबाट अनुभवी कामदारको सीप प्रयोग गरिएको छ ।

(अनुमति बिना जस्ताको तस्तै वा परिर्वत गरि अन्य कुनै पत्रिका,अनलाईन तथा यूट्युवमा राख्न मिल्ने छैन, यदि यस्तो भएको खण्डमा कपी राईट लाग्ने छ । )


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

वि.सं.२०८२ जेठ २८ बुधवार १८:५६

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५...

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

सूर्यविनायक–८ मा सार्वजनिक सुनुवाई कार्यक्रम : शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्य

वि.सं.२०८२ जेठ २८ बुधवार १८:४१

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...