back

छुट्नु होलाः बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा छिटोमा चैत २१ गतेसम्म र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।

 


दसैँ र तिहारको सार्वजनिक बिदामा समेत बसेनन् कर्मचारी, सम्पन्न गरे चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण

दसैँ र तिहारको सार्वजनिक बिदामा समेत बसेनन् कर्मचारी, सम्पन्न गरे चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:३०

काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा...

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१५

काठमाडौं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ...

मुनलाईट हाइड्रोपावरको साधारण शेयर निष्काशन गर्ने

मुनलाईट हाइड्रोपावरको साधारण शेयर निष्काशन गर्ने

वि.सं.२०८१ कात्तिक १२ सोमवार १३:२९

काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्ने साधारण शेयरको...

श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा

श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा

वि.सं.२०८१ कात्तिक ६ मंगलवार ११:२२

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले वार्षिक साधारणसभा बोलाएको छ...

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत

वि.सं.२०८१ कात्तिक ५ सोमवार १६:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई १ बराबर...

समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न बोर्डबाट अनुमति

समता घरेलु लघुवित्तले पायो एफपीओ जारी गर्न बोर्डबाट अनुमति

वि.सं.२०८१ कात्तिक १ बिहीवार १०:२०

काठमाडौं । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) अनुमति...