back

नेताको आफन्तको घरमा फेरि भेटियो २९ करोड नगद र ५ किलो सुन : केही दिनअघि २१ करोड भेटिएको थियो

काठमाडौं । भारतको पश्चिम बंगालमा केही समय पहिला नेताको निकट मान्छेको घरबाट २१ करोड भारु भेटिएको थियो।

पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी तथा नायिका अर्पिता मुखर्जीको घरमा प्रवर्तन निर्देशनालय (ईडी) ले छापा मार्दा फेरि २९ करोड भारु भेटेको छ।

नगदका साथै मुखर्जीको घरबाट ५ किलो सुन पनि बरामद भएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार बेलघारियामा रहेको उनको दोस्रो फ्ल्याटमा छापा मारेको थियो। १८ घण्टासम्म चलेको छापामा ईडीले २९ करोड नगद बरामद गरेको हो । सो नोट गणना गर्न तीनवटा मेसिन जडान गरिएको छ ।

२३ जुलाईमा पनि ईडीले मन्त्री पार्थ चटर्जी र अर्पिताको घरमा छापा मारेको थियो। अर्पिताको घरबाट २१ करोड रुपैयाँ नगद र १ करोड रुपैयाँ बराबरको गहना बरामद भएको थियो। छापा मारेपछि दुवै पक्राउ परेका थिए ।

हालसम्म अर्पिताको दुबै घरबाट ५० करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन बरामद भएको छ । ईडीले अर्पिताको बेलघारिया टाउन क्लबमा रहेको दुई फ्ल्याटमध्ये एउटालाई सिल गरेको छ। नोटिसमा अर्पितालाई ११ हजार ८१९ रुपैयाँ मर्मतसम्भार नतिरेको कारण दिइएको छ । यो समाचार अन्तराष्ट्रिय मिडियाको सहयोगमा तयार पारिएको हो।


चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

चाडपर्वको अवसरमा साओमीको मोबाइल फोनमा बिशेष छुट

वि.सं.२०७९ असोज ३ सोमवार २३:१५

काठमाडौं । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको...

देशभर ९८३५ डेंगु संक्रमित

देशभर ९८३५ डेंगु संक्रमित

वि.सं.२०७९ भदौ २९ बुधवार ११:०६

काठमाडौं । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि...

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

वि.सं.२०७९ भदौ २८ मंगलवार १०:४२

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले...

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको निःशुल्क डाटा पाउने

वि.सं.२०७९ भदौ २७ सोमवार १७:५७

काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि...

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक, कति पर्छ मूल्य ?

वि.सं.२०७९ भदौ २६ आइतवार २२:२७

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया...

आयोजनाका कारण जनताको उठिबास हुनु भएन: मन्त्री चौधरी

आयोजनाका कारण जनताको उठिबास हुनु भएन: मन्त्री चौधरी

वि.सं.२०७९ भदौ २६ आइतवार १९:०९

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा...