नेप्सेमा सामान्य अंकको वृद्धि
वि.सं.२०७८ असोज ७ बिहीवार
काठमाडौँ । तीब्र उतारचढाव काबीच शेयर बजार परिसूचक नेप्से आज पनि झिनो अंकले बढेर बन्द भएको छ । कारोबारको सुरुवाती चरणमा बढेको बजार त्यसपछि केही घटेपनि अन्तमा २.७० अंकले बढेर नै बन्द भयो ।
कारोबारमा आएका १३ समूह मध्ये वाणिज्य बैंक र फाइनान्स कम्पनीको सूचक बढेपनि बाँकी सबै घटेको छ । बैंकिङ ४७ र फाइनान्स ८ अंकले मात्र बढेको छ ।
कारोबार पनि २२८ कम्पनीको ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम हिजोको तुलनामा बढी हो । हिजो बजार १०४ अंकले बढेको दिन ६ अर्ब १७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको थियो ।
आज सानिमा बैंकको सबैभन्दा धेरै ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पाटनरको सबैभन्दा धेरै अर्थात ५.०९ प्रतिशतले मूल्य घटेको छ ।
२०७८ असोज ७ गते प्रकाशित
प्रकाशित समय : १६:२८ बजे