back

यी हुन् डिपिआर सकेर बोलपत्र पक्रियाको अनुमति लिन बाँकी रहेको अवस्थामा कटौति गरिएका ५५ सडक

काठमाडौँ । बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने सडक तीन वर्षमा कालोपत्र गर्ने तयारी थालिएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सो सडक खण्डकोे बजेट अहिले कटौती भएको छ ।

जङ्गल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र आठ मिटर चौडा गरी सिगानाको बौडचौरसम्मको १० किलोमिटर सडक रु ४० लाखमा कालोपत्र गर्ने गरी डिभिजन सडक कार्यालय बागलुङले तयारी थालेको थियो ।

उक्त सडकसँगै पछिल्लो समय बागलुङ क्षेत्र नं १ का मात्रै १७ सडकको योजना र बजेट कटौती भएको बताइएको छ । प्रतिस्थापन बजेट आएसँगै धौलागिरिका चार जिल्लाका ५५ सडक कटौती भएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त सडकमध्ये केही निर्माणका चरणमा प्रवेश गरिसकेका समेत थिए ।

यस क्षेत्रका स्थानीयवासी वजेट कटौती गरेपछि निराश बनेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । “अहिले सडक र बजेट दबै कटौती भयो, नयाँ योजना र नयाँ नीति त आउला तर विकासमा भने केही वर्षपछि पर्ने भयो”, उनले भने, “राजनीतिक दलको सरकार परिवर्तन भए पनि विकासे काम भने निरन्तर हुनुपर्ने थियो, यो दुर्भाग्य भयो, सरकार परिवर्तनसँगै विकास निर्माण प्रभावित हुनु हुँदैन ।”

बागलुङले जनताका लागि निरन्तररूपमा पहलकदमी गरी १७ सडक छनोटमा पारेर केही परिणामसमेत दिइसकेको अवस्थामा सडक कटौती भएको बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताए । “राजनीति परिवर्तनशील छ, सरकारसमेत स्थिर नभएको अवस्था त छँदै थियो तर विकासे योजना जुन रातो किताबमा समावेश भएका बहुवर्षे योजना थिए, ती निरन्तर हुनुपर्दथ्यो”, उनले भने, “हामीले उक्त सडक निकै सोच, विचार र नागरिकको जीवनस्तर उकास्नेसँग जोडिएका थिए, तर अहिले कटौती भएको छ, पुनः योजना त आउला तर विकास निर्माण पछि धकेलियो ।”

क्षेत्र नं १ अन्तर्गत सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा सूचीकृत बागलुङ–मालढुङ्गा बलेवा–कुश्मीसेरा सडक (बरेङ–गुल्मी–शान्तिपुर), बागलुङ बजार सिगाना चापाखर्क गौजाको दह बरेङ सडक, मालढुङ्गा पैयापटा लहरेबर अमलाचौर हुँदै कुश्मीसेरा सडक, भीमापोखरा अक्षेतेबाट सलाम मलठाना सिम म्याग्दी जोड्ने पयर्टकीय सडक हटाइएको छ ।

यस्तै मालढुङ्गा–बलेवा– कुश्मीशेरा–वरेङ–शान्तिपर गुल्मी सडक, खरज्यनङ दरबार गौडाकोट जुभुङ मुजुवा शान्तिपुर हुग्दीशिर बागलुङ, गलुवा, द्वार भकुण्डे डोठे ताल, रामतोला रायडाँडा फेदी कुश्मीशेरा जैमिनी, सडक, भैरवस्थान कामीचौतारा सतिपोखरा ढकालथोक सम्माचौर करिडोर सडक, काठेखोला गाँउपालिका भीमपोखरा सिम सायकोट ओखले हुँदै म्याग्दी भकिम्ली कालोपत्र गर्ने सडक, काठेखोला भीम पोखरा सिम सायकटेरा खोख्ले भकिम्ली सडक, भाङ्गी तारीखेत पुरानो गाउँ गहुँखेत सडक, कालीगण्डकी करिडोर भुनेवा वडा कार्यालय भड्कुवा खोलाखानी मोटरबाटो, बुकेनी मनकामना दिहिडाँडा गैडाफाँट सिम्स्वारा बोडेचौर सडक, बाग्लुङ मालढुङ्गा गणेश घुम्ती म्याग्दी जोड्ने सडक, बडारचौर ढाडेनी सडक, बागलुङ तित्याङ निफन्नी भकुण्डे भ्यूटावर रायडाँडा सडक सिमलपाटाबाट निफन्नीसम्म स्तरोन्नतिलगायतका सडक कटौती गरिएको छ ।

साविक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका सडक हेर्दै आएको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेन्द्र गौतमले यस कार्यालयअन्तर्गतका ५५ सडक कटौती भएको बताए। “अहिलेलाई सडक कटौती भएको मात्रै अवगत भयो, पुनः के व्यवस्था आउँछ अहिले भन्न सकिन्न”, उहाँले भन्नुभयो, “ साना सडक आयोजना स्थानीय तहमार्फत सम्पन्न गर्नका लागि कटौती भएको होला, सडकले ठूला आयोजनामात्रै हेर्ने नीति आएर हो के कारणले अब केही दिनमा जानकारी होला । रासस

२०७८ असोज ७ गते प्रकाशित


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ५ सोमवार २०:१८

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ को...

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित...