back

नेपालको अर्थतन्त्र ४.१ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २।३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो ।

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो ।

पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो । जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असोज ६ गते प्रकाशित


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

वि.सं.२०८१ साउन ३ बिहीवार १४:३८

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका...

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

तलब, भत्तालगायत अनिवार्य दायित्वका खर्च शीर्षकबाट अन्यत्र रकमान्तर गर्न नपाइने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५४

काठमाडौँ । अर्थ मन्त्रालयको सहमति विना तलब पारिश्रमिक, स्थानीय भत्ता,...

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

बैंक र फाइनान्समा बेथिति: ऐन विपरित कार्य गर्ने ८ वटा बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

वि.सं.२०८१ साउन ३ बिहीवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक दजर्न बैंक तथा वित्तीय...