हिमालयन बैंकद्धारा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरलाई कम्प्युटर हस्तान्तरण

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् । सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।
२०७८ भदौ ३१ गते प्रकाशित

प्रकाशित समय : १८:०६ बजे