गोदरेजले सार्वजनीक गर्यो ‘कम खर्च धेरै बचत’ योजना, यस्ता छन् योजनाहरु
वि.सं.२०७८ भदौ ३१ बिहीवार
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै “नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’’ नामक योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
सामानमा ३१ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।
उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा २८ हजार ९०० रुपैयाँ सम्मको, वाशिङ मेसिनको खरिदमा १५ हजार ३०० रुपैयाँ सम्मको, मैक्रोवेभ ओवन खरिदमा ७ हजार ५०० रुपैयाँ सम्मको, एअर कुलरको खरिदमा ५ हजार २०० रुपैयाँ सम्मको क्यास ब्याक र एसिमा ४ हजार रुपैयाँ बराबरको निशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ ।
गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ ।
गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस।एम।एस् गर्नुपर्नेछ । यो योजना भदौ ३० गतेदेखि सिमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।
गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ ।
२०७८ भदौ ३१ गते प्रकाशित
प्रकाशित समय : १६:२७ बजे