बैंकिङ प्रणालीमा तरलता अभावको प्रभाव, बैंकहरुले बढाएर प्रकाशित गरे निक्षेप र कर्जाको ब्याजदर

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौँ । कोभिडको कारण लामो समय थलिएको अर्थतन्त्र अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको छ । तरलता अभाव देखिएसँगै बैंकहरुले असोजदेखि लागु हुने व्याजदर केही मात्रामा बढाएर सार्वजनीक गरेका छन् । आज विहीबार मात्रै १७ वटा वाणिज्य बैंकहरुले पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । जसमा बैंकहरुले व्याजदर बढाएको देखिएको छ भने कतिपय बैंकहरुले भदौदेखि नै ब्याज बढाइसके हुन् ।
अपेक्षित रूपमा निक्षेप बढ्न नसकेको अवस्था र लामोसमयपश्चात चलायमान हुन लागेको अर्थतन्त्रका कारण उच्चदरमा बढ्न गएको कर्जा प्रवाहले बजारमा निम्त्याएको तरलता अभावकाको कारण बैंकहरुले निक्षेप तान्न तथा पुराना बचतकर्तालाई टिकाइराख्न ब्याजदर बढाएर सार्वजनीक गरेका हुन् ।
यस्तो छ बैंककहरुले सार्वजनीक गरेको व्याजदर
राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । सरकारी स्वामित्वको यस बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ ।
यस्तै सरकारी स्वामित्वको अर्को बैंक कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.१३ प्रतिशत छ ।
यता निजी क्षेत्रको अग्रणी बैंक भनेर चिनीने नबिल बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म व्याज दिने जनाएकोम छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ ।
यसैगरी नेपाल एसबिआई बैंकले साधारण निक्षेपमा ३.५५ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४.५ प्रतिशतदेखि ८.५५ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ एसबिआई बैंकको बेस रेट साउन मसान्तसम्म ७.३७ प्रतिशत रहेको छ ।
सनराइज बैंकले साधारण बचतमा ५.०७ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दती निक्षेपमा भने बैंकले ५.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म दिने जनाएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । घरकर्जा, अटो कर्जाको ब्याजदर १२.५० देखि १४.५० प्रतिशतसम्म तोकेको छ । सनराइज बैंकको बेस रेट साउन मसान्तसम्म ७.०१ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंकले साधारण निक्षेपमा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जातर्फ ९ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज लिने उल्लेख गरेको छ । जसको साउन मसान्तसम्मको आधारदर ५.८५ प्रतिशत छ ।
सेञ्चुरी बैंकले साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६।२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले कर्जामा आधारदरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम व्याज लिने जनाएको छ । बैंकको साउनसम्मको आधारदर ७.५५ प्रतिशत छ ।
नेपाल बंगलादेश बैंकले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । मुद्धति निक्षेपमा बैंकले ८.७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । त्यस्तै बैंकले १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ ।
एनएमबि बैंकले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा बैंकले ९.०२ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ ।
स्ट्याण्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत र मुद्दती निक्षेपमा ७.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्जा प्रदान गर्दा आधारदरमा २ देखि ४.५ प्रतिशत प्रिमियम थपेर ब्याज लिने जनाएको छ । असार मसान्तको आधारमा बैंकको आधारदर ५.५१ प्रतिशत छ ।
हिमालयन बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । बैंकले कर्जातर्फको ब्याजदर प्रकाशित गरेको छैन् ।
प्रभु बैंकले साधारण निक्षेपमा ३.२५ देखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । कर्जातर्फ भने बैंकले बेसरेटमा २ देखि ७ प्रतितशसम्म प्रिमियम लिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् १ प्रतिशतदेखि अधिकतम् ७ प्रतिशत लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ ।
एनसीसी बैंकले साधारण निक्षेपमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् २ देखि ५ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तमा बेस रेट ७.५७ प्रतिशत रहेको छ
सिभिल बैंकले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् २ देखि ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ७.८९ प्रतिशत रहेको छ ।
सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै कर्जातर्फ भने बैंकले आधारदरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको साउन मसान्तमा बेस रेट ६.१४ प्रतिशत रहेको छ ।
प्राइम बैंकले साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै कर्जातर्फ भने बैंकले आधारदरमा ६.९९ प्रतिशत ब्याज लिने जनाएको छ । बैंकको असारको बेस रेट ७.२१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जा निक्षेप र पूँजी (सीसीडी) अनुपात खारेज गरेर कर्जा निक्षेप अनुपात (सीडी) लागू गरेको छ । पुरानो व्यवस्थाअनुसार कुल निक्षेप र पुँजीको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउथे अब पूँजी गणना गर्न नपाउने गरि सीडी अनुपात लागू भएपछि बैंकहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म मात्र लगानी पाउँछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार बैंकिङ प्रणालीमा करिब १८ अर्ब रुपैयाँ मात्र तरलता रहेको अवस्था छ । बुधबार नै बैंक वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बरावरको बैधानिक तरलता सुविधा (एसएलएफ) प्रयोग गरेको अवस्था छ । यो साता मात्रै बैंक तथा वित्तीय संस्थाले ५८ अर्ब ३६ करोड रुपैयाँ बरावरको एसएलएफ प्रयोग गरेका छन् । बैंकहरुले चालु आर्थिक वर्षको भदौ ३० गतेसम्ममा ३ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको एसएलएफ उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समयमा राष्ट्र बैंकले मुद्दती निक्षेप मार्फत पनि बैंक वित्तीय संस्थामा पैसा पठाएको छ । त्यसैगरी रिपो मार्फत पनि वित्तीय प्रणालीमा अल्पकालिन तरलता पठाइरहेको छ । यस्तै केन्द्रीय बैंकले बिहीबार मात्र २० अर्ब रुपैयाँ बरावरको रिपो जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले विभिन्न मौद्रिक उपकरणहरु मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएपनि अवस्था सहज हुन सकेको छैन ।
२०७८ भदौ ३१ गते प्रकाशित

प्रकाशित समय : १४:५० बजे