back

कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए ।

कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पु¥याउँछ ।’ उनले भने ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।

सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ । .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु. २ लाख प्रदान गर्दछ ।

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु. ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।

वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कार्वाही संचालन गरिएको थियो ।

२०७८ भदौ ३१ गते प्रकाशित


अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

अब बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गर्नै पर्छ : पूर्वअर्थमन्त्री महत

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५१

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर...

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १६:२८

काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको...

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने...

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:५५

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब...

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ मंसिर १८ मंगलवार १०:५२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको...

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

वि.सं.२०८१ मंसिर १३ बिहीवार १७:४७

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार...