गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’ मा २३ प्रतिशत छुट

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौँ। पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउन सकिने छ ।
साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।
२०७८ भदौ ३० गते प्रकाशित

प्रकाशित समय : १७:२० बजे