back

गोर्खाज फाइनान्सको स्थगित वार्षिक साधारणसभा असोज १८ मा

काठमाडौँ । गोर्खाज फाइनान्सले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि दुईपटक स्थगित गरिएको यस फाइनान्सको एजीएम पुन आह्वान गरिएको हो ।

गोर्खाज फाइनान्स सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को २६ औँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

यसअघि संस्थाले गत भदौ ९ गते वार्षिक साधारणसभा डाकेको थियो। तर त्यतिखेर जारी निषेधाज्ञाधका कारण स्थगित गरिएको थियो।
त्यसपछि पुनः संस्थाले गत भदौ २४ गते वार्षिक साधारणसभा डोकेको थियो। तर उच्च अदालत पाटनको अन्तरिम आदेशपछि सो मितिमा वार्षिक साधारणसभा स्थगित गरिएको थियो।

सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। सोही सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पारित गर्नेछ।

सभा प्रयोजनका लागि संस्थाले आउँदो असोज १० गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म (असोज ८ गते शुक्रबार र ९ गते शनिबार) कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।

२०७८ भदौ २७ गते प्रकाशित


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

वि.सं.२०८१ माघ १९ शनिवार १६:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...