तेह्रथुम पावरको आइपीओ बाँडफाँडः आवेदन भरेका ३.१४ प्रतिशतले मात्रै पाए, ९६.८६ प्रतिशतको हात खालि
वि.सं.२०७८ भदौ २५ शुक्रवार
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ आज बाँडफाँड भएको छ । निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले कम्पनीको आइपीओ आज बाँडफाँड गरेको हो ।
आइपीओमा आवेदन दिएकामध्ये ९६.८६ प्रतिशतको हात खालि एको छ । अर्थात बाँकी ३.१४ प्रतिशतले हुन आउने ७४ हजार ४०० ले १० कित्ताको दरले सेयर पाएका छन् ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो । यही कित्ता खरीदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् ।
आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो । यसरी हेर्दा २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ । यसरी हेर्दा कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।
तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओमा आवेदन खुलाएको थियो । भदौ १३ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो ।
आइपीओमा आवेदन दिएकाहरुले आफूलाई आइपीओ परे या नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट तथा मेरो सेयरको आइपीओ नतिजा हेर्ने वेबपोर्टलमा गएर केहीबेरपछि रिजल्ट हेर्न सक्नेछन् ।
२०७८ भदौ २५ गते प्रकाशित
प्रकाशित समय : १०:३९ बजे